चीनविरुद्ध माइतीघरमा प्रदर्शन

चीनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । चीनले नेपालको भूमि मिचेको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । त्यहाँ नेपाली भूमि मिच्न पाइँदैनलगायतका विभिन्न नाराहरु घन्किएका छन् । लोकतान्त्रिक युवा संघले आयोजना गरेको उक्त पूदर्शन गरेको हो । उक्त संघ महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भातृसंगठन हो । 

नेपालको उत्तरी भू–भागमा हुम्लाको लिमि–लाप्चादेखि हिल्सासम्म धेरै भूभाग चीनले अतिक्रमण गरेको भन्दै चीनले उक्त क्रियाकलाप तत्काल रोक्नुपर्ने माग गरिएको छ । प्रदर्शनमा पार्टीका युवा नेता कृष्णा सिंहले चीन नेपाली भूमि फिर्ता नगरेसम्म आफूहरुले प्रदर्शन जारी राख्ने बताए । 

यसअघि तत्कालिन नेकपाको सरकारले चीनले नेपालको कुनै पनि भू–भाग नमिचेको तथा सीमा विवाद नरहेको जनाएको थियो । सरकारले उक्त क्षेत्रमा सीमा अध्ययनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति गठन गरी प्रतिवेदन समेत तयार पारेको थियो ।