आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबैलाई खोप दिइँदै, कहाँ-कहाँ लगाइन्छ ?

आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबैलाई खोप दिइँदै, कहाँ-कहाँ लगाइन्छ ?

काठमाडाैं । आजदेखि काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ। तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ। खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

सरकारले बैशाखभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । साथै दसैंपछि १८ वर्ष मुनिका बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्ने सरकारको तयारी रहेको छ ।