कपनको ढलमा वेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला

कपनको ढलमा वेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला

काठमाडौं । गत मंगलबार काठमाडौंको कपनस्थित ढलमा खसेर वेपत्ता भएका वालकको शव पाँच दिनपछि फेला परेको छ । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शव फेला परेकाे हाे ।

अविरल वर्षापछि उर्लिएको ढलमा खसेका १० वर्षीय उज्जवल विकको शव फेला परेकाे प्रहरीले जनाएकाे छ । 

शनिवार राती फेला परेको उक्त शव बालकको फोटो हेरेर परिवारले सनाखत गरिसकेको र पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइन लागेको ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिए ।