कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे

कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे

पोखरा , नेपाली कांँग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पराजित गर्दै विजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।

कुल खसेको मत १३ सय ४४ मध्ये सभापतिमा निर्वाचित विजक्छेले ४१४ मत पाए भने प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे । सभापति पका उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योती हमालले ११ मत प्राप्त गरे । 

सभापतिमा निर्वाचित विजुक्छे यसअघि उपसभापतिको भूमिका निर्वाह गरेका थिए भने हाल पोखरा उद्योग वाणिज्य संघको महासचिव छन् । उनी २०३६ सालबाट नेविसंघ हुँदै कांँग्रेसको राजनीतिमा होमिएका थिए ।

यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मतका साथ विजयी भएका छन् भने सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरि विजयी भएका छन् ।