कांँग्रेसको हेटौंडा नगर सभापतिमा उत्सव इटेनीको प्यानल

कांँग्रेसको हेटौंडा नगर सभापतिमा उत्सव इटेनीको प्यानल

हेटौंडा , नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मकवानपुरका पालिका र नगरहरुमा शनिबार अधिवेशन सम्पन्न भएको छ । जिल्लाको सबै स्थानीय तहमा काङ्ग्रेसका नयाँ सभापतिलगायतको कार्यसमिति चयन भएको छ ।

काङ्ग्रेस मकवानपुरको विभिन्न पालिकाको मतपरिणाम शुक्रबार राति नै आए भने नगरको आइतबार बिहान मतगणना सकिएको हो । बगमती प्रदेशको राजधानी हेटौंडामा नगर सभापतिक उम्मेदवार उत्सव इटेनीको प्यानल नै  बिजयी भएको छ ।

शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा नगर सभापतिमा इटेनी र अन्य पदमा पनि इटेनी प्यानलका उम्मेदवार विजयी भएका हुन्।

उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गर्दै विजयी बनेका हुन। नगर सभापति उत्सव इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गरे ।

उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका डोल्मा स्याङ्बोले २५७ र रामकृष्ण  कोइरालाले  ३०० मत प्राप्त गरी विजयी बने, अर्का ज्योती कोइराला १२६ शेशन गोले ९३ले प्राप्त गरे ।

त्यसैगरी सचिवमा कुमार पोखरेलले १६३, गंगा प्रसाद पौडेलले ११० मत, सविन न्यौपानेले २९७ मत  र हर्क रत्नलामाले २२२ मत प्राप्त गरे ।  २९७ मत र २२२ मत प्राप्त गरी न्यौपाने र लामा सचिव पदमा निर्वाचित भए । निर्वाचित दुवै इटेनी प्यानलका हुन।

त्यस्तै सहसचिवमा अञ्जनी पराजुलीले १५७ मत ,निगम श्रेष्ठले २५८ मत विकास बानियाँले २६५ मत र राजकुमार जोशीले ८४ मत प्राप्त गरे ।

इटेनी प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ  र बानियाँ सहसचिव पदमा निर्वाचित भएका हुन। ४२३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४२१ मत मात्र खसेको थियो ।

 थाहा नगरपालिका 

नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट सभापतिमा जोशी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी भरत गोपालीलाई २८ मत अन्तरले पराजित गरेका हुन् ।

सभापति जोशीले १०९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी गोपालीले ८१ मत प्राप्त गरेका थिए । यस्तै, उपसभातिमा नवराज कार्की र उद्धब लामिछाने निर्वाचित भएका छन् । कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार सोमप्रसाद गर्तौलाले ८९ मत प्राप्त गरेका थिए ।

यसैगरी, सचिवमा भिमसेन मोक्तान र कर्णबहादुर गोपाली निर्वाचित भएका छन् । मोक्तानले १ सय १२ र गोपालीले १०४ मत प्राप्त गरेका थिए ।

यस्तै, सहसचिव मा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्याङ्तानले १६५ र श्रेष्ठले ९५ मत प्राप्त गरेका थिए । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन भएका छन् । 

गाउँपालिकाका को को भए सभापती ?

मकवानपुरगढी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्धी अर्जुन दाहाललाई ३७ मत अन्तरले पराजित गरेका हुन् ।

सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्धी दाहालले ५० मत प्राप्त गरेको निर्वाचन अधिकृत टिकाप्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल  निर्वाचित भएका छन् । सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले ३२ जना सदस्यसमेत सर्वसम्मत चयन गरेको छ ।

बागमती  

बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन् ।

सभापति तिमल्सिनाले कूल खसेको १५१ मत मध्ये ७५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी घोरासाइनीले ६१ मत प्राप्त गरेका थिए ।

१ मत भने बदर भएको र केही मतदाता निर्वाचन प्रक्रियामा सहभागि नभएको मतदान अधिकृत राजेशप्रसाद घिमिरेले जानकारी दिए ।

त्यसैगरी उपसभापतिमा जगतबहादुर लामा र मंगललाल वाइवा तथा सचिवमा सुदिप पाख्रिन र सिरित कुमार राई निर्वाचित भएका छन् । सहसचिवमा भानु सोराली मगर र बीरबहादुर थोकर सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै कुल ५१ सदस्यीय गाउँ समितिका लागि शनिबार भएको निर्वाचन कार्यक्रमबाट तिमल्सिनाको नेतृत्वमा ४५ सदस्य चयन भएका छन् । बाँकीलाई कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ ।

ईन्द्रसरोबर

ईन्द्रसरोबर गाउँपालिकाको अधिवेशनले सभापतिमा विश्वलाल लामा सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा कृष्णबहादुर योन्जन र इश्वर बस्ताकोटी चयन भएका छन् ।

त्यस्तै, सचिव पदमा अर्जुन बानियाँ र कृष्ण महर्जन चयन भए भने सहसचिवमा बसन्ती स्याङ्तान र सुर्यबहादुर पाख्रीन चयन भएका छन् ।

भीमफेदी

नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जिव श्रेष्ठ चयन भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् ।

सभापति श्रेष्ठले कूल खसेको १५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्धी थापाले भने ६८ मत प्राप्त गरेका थिए । २ मत भने बदर भएको मतदान अधिकृत सुमनकुमार मानन्धरले जानकारी दिए ।

श्रेष्ठको नेतृत्वमा उपभापतिमा जबर सिं वाईबा र रुद्र लामा, सचिवमा सुन्दर गोले र सुमित्रा थिङ, मन्जुमाया भोलन र सुमित्रा नेगी सर्वसम्मत चयन भएका छन् ।
मनहरी

मनहरी गाउँपालिकाको सभापतिमा प्रकाश बर्तौला निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्धी शंकर न्यौपानेलाई २१ मतले मत अन्तरले पराजित गरेका हुन् ।

सभापति बर्तौलाले खसेको १६१ मत मध्ये ८२ मत प्राप्त गरेका थिए । न्यौपानेले भने ६१ मत प्राप्त गरे । १६ मत भने बदर भएको मतदान अधिकृत रामसागर गुरागाँईले बताए ।

त्यस्तै उपसभापतिमा सुर्य बहादुर रोक्का र उत्तम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही तथा सह सचिवमा गंगामाया कोइराला र चट्टान स्याङ्तान पनि सर्वसम्मत चयन भएका हुन् ।  

बकैया 

बकैया गाउँपालिकामा सभापतिमा दिलबहादुर भोम्जन सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा सोम बहादुर तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम दुलाल र सुनिल दर्लामी मगर, सहसचिवमा युवराज थापा र कमल बहादुर घले सर्वसम्मत चयन भएका छन् । भोम्जनको नेतृत्वमा ६७ सदस्यीय गाउँ समिति चयन गरिएको छ ।

राक्सिराङ 

राक्सिराङ गाउँपालिकाको सभापतिमा बिरेन्द्र जिम्बा विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा जिम्बाले निकटतम प्रतिद्वन्द्वी देब लामालाई पराजित गरेका हुन् ।

जिम्बाले ८१ मत प्राप्त गरे । उनी यसअघि पनि कांग्रेस राक्सिराङको सभापति हुन् । जिम्बासँगै उपसभापतिमा मोहन नगरकोटी र बुधराम मोक्तान, सचिवमा महेश चेपाङ्ग र कोपिला गोले, सह सचिवमा बिबिमाया मोक्तान र ज्ञान बहादुर ब्लोन निर्वाचित भएका छन् ।

कैलाश

कैलाश गाउँपालिकाको सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित भएका छन् । उनले १३७ मत प्राप्त गर्दा अनको प्रतिद्वन्द्धी गुणराज स्याङ्तानले ३८ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा मानबहादुर वाइवा १३२ कामी सिं स्याङ्तान ११६ जीवन लोप्चन ४० श्याम बहादुर वाईवा २४ मत प्राप्त गरे । जसमा वाईवा र स्याङ्तान विजयी भएका छन् ।

त्यस्तै, सचिव पदमा आशिष प्रजा १२२ प्रकाश रानामगर ११२, तेज बहादुर ब्लोन ४४ र चन्द्रलाल थिङले३६ मत प्राप्त गरेका थिए । जसमा प्रजा र रानामगर विजयी भएका छन् ।

सहसचिव पदमा भने विश्वनाथ थापा ११२चन्द्र प्रजा १०० र क्षेत्रबहादुर प्रजाले ५० मत प्राप्त गरेको निर्वाचन अधिकृत देवनायक शर्माले बताए ।