कांँग्रेस सुनसरीका अधिकांश पालिकामा पुरानै, नयाँले नेतृत्व लिन सकेनन

कांँग्रेस सुनसरीका अधिकांश पालिकामा पुरानै, नयाँले नेतृत्व लिन सकेनन

सुनसरी, नेपाली कांँग्रेसको गाँउरनगर अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । तर, अधिकांशमा पुरानै नेतृत्व आएको छ । सुनसरीमा धरानमा नयाँ नेतृत्व आएको छ । निवर्तमान सचिव अहिले सभापतिमा निर्वाचित भएका छन् ।
 
शनिबार भएको अधिवेसनले कांँग्रेस धरानको सभापतिमा श्याम पोखरेल चुनिएका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका थिए । उनी किशोर राईलाई हराउँदै सभापति बनेका हुन् ।

इटहरी उप महानगरमा भने हेमकर्ण पौडेल विजयी भएका छन् । उनले विकास केसीलाई पराजित गरे । यसअघि पनि पौडेलले दुई पटक इटहरी कांँग्रेसको नेतृत्व सम्हालेका छन् ।

कांँग्रेसको शनिबार भएको अधिवेसनबाट इनरुवा नगरपालिकाको सभापतिमा पुनः राजन मेहता निर्वाचित भएका छन् । उनी अहिले पनि सभापति हुन् ।

यस्तै रामधुनीकोमा सुदीप अधिकारी, बराहक्षेत्रबाट रमेश कार्की र हरिनगरबाट गफार अन्सारी बिजयी भएका छन् । गफार र सुदीप पनि यसअघि सभापति नै थिए ।

यस्तै कोसीमा भने सुलेमन अन्सारी विजयी भएका छन् । उनले शिवनारायण यादवलाई हराए ।