आजसम्म कायम सेयरधनीहरुले अरुण भ्याली हाइड्रोपावरको लाभांश पाउने

आजसम्म कायम सेयरधनीहरुले अरुण भ्याली हाइड्रोपावरको लाभांश पाउने

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश प्रस्ताव सुुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि ९असोज ११ गते० बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनी सञ्चालक समितिको गत भदौ ३१ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश ९करसहित० रहेका छन्।

सोही बैठकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.५ प्रतिशत अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ।

यी दुवै प्रस्ताव कम्पनीको यही असोज २४ गते हुने २४ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।