नेपाली श्रमिकलाई मलेसियामा रोजगारी खुल्यो

नेपाली श्रमिकलाई मलेसियामा रोजगारी खुल्यो

कोरोना महामारीका कारण विदेशी कामदार ल्याउन रोक लगाएको मलेसियाले पुनः कामदार ल्याउन पाउने व्यवस्था गरेको छ। मलेसिया सरकारले बाह्य मुलुकबाट श्रमिक ल्याउन पाउने व्यवस्था गरेपछि नेपालीहरू पनि अब मलेसिया जान पाउँने भएका छन् । 
 
कोरोनाकै कारण विगतमा काम गर्ने वातावरण नभएपछि धेरै श्रमिक आ–आफ्नो देश फर्किसकेपछि अहिले मलेसियामा श्रमिकहरु अभाव हुन थालेको छ । तर, कोरोना भाइरस न्यून भएसँगै नेपालस्थित मलेसिया दूतावासले नेपाली श्रमिक लैजाने सूचना जारी गरेसँगै मलेसियामा रोजगार खुलेको हो ।  

दूतावासले जारी विज्ञप्तिमा महामारीका कारण लगाइएको प्रतिबन्ध हटाएको र नेपाली श्रमिक लिने निर्णय भएको उल्लेख छ । मलेसिया जाने श्रमिकले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्ने छ । 

यस्तै, श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको परिचय पत्रसँगै कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने छ । 

मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वारेन्टाइनमा बस्नु पर्ने दतावासले जनाएको छ ।

 

No description available.