अब माधव नेपाल र महन्थ ठाकुरको पार्टी आधिकारिक

अब माधव नेपाल र महन्थ ठाकुरको पार्टी आधिकारिक

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा नेकपा एकीकृत समाजवादी दर्ताविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । बरु विपक्षलाई कारण देखाउ आदेश दिएको छ । योसँगै एमालेबाट फुटेर माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) फुटेर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टीने आधिकारिकता पाएका छन् । 

सरकारले २ भदौमा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको र त्यसका आधारमा दर्ता भएका दलहरु खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।