दसैँसम्म बालबालिकाका लागि एक लाख खोप ल्याइने

दसैँसम्म बालबालिकाका लागि एक लाख खोप ल्याइने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको बताए । 

एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने उनले जानकारी दिए । फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको मन्त्री श्रेष्ठले बताए ।आउँदो कात्तिक महिनाभित्र ३३ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाउने उनको भनाइ छ । 

पहाडी जिल्लाहरूलाई पूर्ण खोप बनाउने गरी अहिले कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । हालसम्म नेपालमा १८ वर्ष माथिका लागि मात्र कोरोना खोपको व्यवस्था गरिएको छ ।