आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडाैं । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । 

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । 

यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।