आजबाट बढ्यो इन्धन र ग्यासको मूल्य, पेट्रोल प्रतिलिटर १२९, ग्यास प्रतिसिलिण्डर १४२५ रुपैयाँ

आजबाट बढ्यो इन्धन र ग्यासको मूल्य, पेट्रोल प्रतिलिटर १२९, ग्यास प्रतिसिलिण्डर १४२५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो।  निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ। यस्तै, हवाई इन्धन (आन्तरिक उडान)को मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ।   

मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ। 

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत बढाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४२५ रुपैयाँ पुगेको छ।