दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो । कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका थिए ।
वास्तवमा ज्याकब जुमा जब राष्ट्रपति थिए तब भ्रष्टाचारको एक मामिलामा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने थियो । ज्याकब जुमा कन्स्टिट्युशनल कोर्टले आदेश दिँदा दिँदै पनि यो अनुसन्धान आयोग समक्ष पेश भएका थिएनन् । सन् २०१८ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएको थियो ।
पदमा रहँदा उनीमाथि भ्रष्टाचारका थुप्रै आरोप लागे । त्यतिबेला केही व्यापारी घरानाले राजनेतासँग साँठगाँठ गरेर निर्णय लिने प्रक्रियालाई प्रभावित गरिरहेको बताइएको थियो ।
यद्यपि, पूर्व राष्ट्रपति एकपटक अनुसन्धान आयोग समक्ष पेश भएका थिए तर पछि उनले यसमा समावेश भएको आरोप अस्वीकार गरेका थिए ।अनुसन्धान आयोगका अध्यक्ष जस्टिस रेमन्ड जोंडोले कन्स्टिट्युशनल कोर्टलाई दखल दिनका लागि भनेका थिए । ज्याकब जुमालाई पक्राउ गरियो गरिएन भन्ने कुरा अहिले नै स्पष्ट भइसकेको छैन ।
अर्को एउटा मुद्दामा ज्याकब जुमाले अघिल्लो महिना आफूलाई निर्दोष भनेका थिए । नब्बेको दशकको यो मामिलामा उनीमाथि ५ अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचारको आरोप छ ।