आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य तोलामा ९० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रूपैयाँमा कारोबार भएकोमा आज १ सयले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रूपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँ रहेको महासंघले जनाएको छ ।