टेकु अस्पतालको निर्देशकमा डा‍. अनुप बास्तोला नियुक्त

टेकु अस्पतालको निर्देशकमा डा‍. अनुप बास्तोला नियुक्त

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा‍. अनुप बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा नियुक्त भएका छन्। डा‍. सागरकुमार राजभण्डारीको स्थानमा स्वास्थ्य मन्त्रालयले बास्तोलालाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो।

बास्तोलाले सोमबारबाट कार्यभार सम्हालेका छन्। नियुक्तिपछि नेपालखबरसँग संक्षिप्त कुरा गर्दै बास्तोलाले निर्देशक पदको नियुक्तिसँगै जिम्मेवारी थपिएको बताए।

उनले आफूसँग अस्पताल सुधार्ने योजनाहरु रहेको र केही दिनमा सार्वजनिक गर्ने बताए। बास्तोला यसअघि अस्पतालको प्रवक्ता थिए।