आज घट्यो सुन–चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुन–चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । अघिल्ला दुई दिन बढेको सुन–चाँदीको भाउ बुधबार  घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ३०० र चाँदी पाँच रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ७०० कायम गरेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले कमी आएर तोलाको १२ सय ९५ कायम भएको महासंघले जनाएको छ ।