मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा, मन्त्रीको भविष्य के होला ?

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा, मन्त्रीको भविष्य के होला ?

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा सुनुवाइ हुने भएको छ। मंगलवार हुने सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलास तोकेका हुन्।  

यसअघि जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलमा बोलाएको थियो। सर्वोच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ।

यसअघि न्यायाधीश  ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियो।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि आज बोलाइएको थियो।

अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए। आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लो पटक दुई पटक विस्तार भएको मन्त्रिपरिषद् बदर हुनेछ।

रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ।