ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुन तोलामा ७०० रुपैयाँ घटेको छ ।

नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको पनि आज घटेको छ । चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।