आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडाैं । आइतबार नेपाली बजारमा सुनको मूल्य एकै दिन अधिकतम ६०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९३ हजार ९०० रुपैयाँ कायम भएको हो । 

यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि सोही मूल्य कायम भएको छ ।