काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज पनि नबस्ने भएको छ। संवैधानिक इजलासको पेसी मंगलबार पनि नतोकिएका कारण इजलास नबस्ने भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सन्चो नभएपछि सोमबारदेखि सुनुवाइ स्थगित भएको छ। योसँगै प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइसमेत रोकिएको छ।
आइतबार प्रधानन्यायीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए।
आइतबार न्यायाधीशको विषयमै विवाद भएपछि प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुन सकेको थिएन्। प्रधानन्यायाधीश जबराले सोमबारका लागि पेसी तोकेका थिए।