के सभामुखले संसद् सुचारु गर्न मिल्छ ? थाले परामर्श

के सभामुखले संसद् सुचारु गर्न मिल्छ ? थाले परामर्श

काठमाडौं । संसद विघटनपछि सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् ।

‘हिजोको घटनापछि सभामुखज्यू सघन परामर्शमा हुनुहुन्छ । सम्भवतः आजै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने । सभामुखले संसद् सुचारु गर्न मिल्ने केही संविधानविद्हरुको धारण छ । 

यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रको नेता हुँदै सभामुख बनेका सापकोटाबीच तिक्ततापूर्ण सम्बन्ध छ ।