राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गरेकी छिन्। शुक्रबार मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटनसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा समेत गरेकी हुन्‌।

​मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी चुनाव गर्ने निर्णय गरेको थियो। सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै राष्ट्रपति भण्डारीले खारेज गरेपछि मन्त्रिपरिषद् बैठक बसेको थियो।           

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको यो दोस्रोपटक हो। यसअघि उनले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिइन्‌।

​सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो। यो पटक भने बहुमतको सरकारका लागि गरिएको दाबी पूर्ण नभएपछि संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधि सभा स्वत: विघटन हुने व्यवस्था अनुसार विघटन गरिएको हो।