सिंहदरबारको गेटैमा दुर्घटना, मन्त्रीको गाडीमा ठोक्कियो उपसचिवको गाडी

सिंहदरबारको गेटैमा दुर्घटना, मन्त्रीको गाडीमा ठोक्कियो उपसचिवको गाडी

काठमाडौं ।  सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो दुर्घटना भएको छ। मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ। 

सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९ नम्बरको गाडीमा नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ २९६१ नम्बरको गाडि पछाडिबाट ठोक्किएको हो ।

मन्त्रीको गाडी बिना संकेत देब्रे मोडिएर सिंहदरबार छिर्न खोज्दा पछाडिको गाडि ठोक्किएको हो। तर महानगरीय ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले भने दुवै गाडि एउटै दिशाबाट आइरहेकाले ठोक्किएको र मन्त्रीको गाडीमा सामान्य क्षति पुगेको बताए। 

दुर्घटनामा उपसचिव खतिवडाको गाडीको बम्पर खसेको छ।