कोरोना निको भएका ८ जनाको दृष्टि गुम्यो

कोरोना निको भएका ८ जनाको दृष्टि गुम्यो

भारतमा कोरोना महामारीका साथ ‘ब्ल्याक फंगस’को खतरा पनि बढिरहेको छ। गुजरातमा कोरोना संक्रमण निको भएका बिरामीमा ‘ब्ल्याक फंगस’ देखिएको हो। कोरोना संक्रमण सँगसँगै गुजरातमा यो समस्या बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

गुजरातको सुरतमा म्युकोरमाइकोसिस (ब्ल्याक फंगस) का कारण ८ संक्रमितको आँखाको ज्योति गुमेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो १५ दिनमा सुरतमा म्युकोरमाइकोसिसको समस्या ४० जनामा देखिएको छ। तीमध्ये ८ जनाको आँखाको ज्योति गुमेको हो।

यो संक्रमण कोरानाकै कारण फैलिरहेको र यसको उपचार सम्भव रहेको बताइएको छ। तर उपचार ढिला भए बिरामीको मृत्युसमेत हुन सक्छ।