एनआईसी एसिया बैंकलाई राष्ट्र बैंकको कारबाही गर्ने चेतावनी

एनआईसी एसिया बैंकलाई राष्ट्र बैंकको कारबाही गर्ने चेतावनी

काठमाडौं । महामारीमा पनि सर्वसाधारण ऋणीलाई अत्यधिक दुःख दिएकोले एनआईसी एसिया बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको छ ।

महामारीमा चर्को ब्याज असुलेको र ऋणीलाई अत्यधिक दुःख दिएको भन्दै गुनासो बढेपछि राष्ट्र बैंकले एनआईसी एसिया बैंकसँग चेतावनी सहित जवाफ माग गरेको छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै महामारीमा सर्वसाधारण ठगेको र दुःख दिएको विषय बाहिर आएको भन्दै यसको सत्यतथ्य जानकारी गराउन आदेश दिएको छ । पत्रमा राष्ट्र बैंकले उचित जवाफ नआए कारबाही गर्नसक्ने समेत जनाएको छ।

राष्ट्र बैंकका एक कर्मचारीका अनुसार एनआइसी एसिया बैंकलाई पत्र काटिएको पुष्टि गरे । ति कर्मचारीक अनुसार अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने विषयबाहिर आएपछि जवाफ माग गरिएको बताए ।

तर अझै बैंकले जवाफ भने फर्काएको छैन । यदि चित्तबुझ्दो जवाफ नआए वा गुनासो बढ्दै गएको खण्डमा राष्ट्र बैंकले कारबाही गर्नसक्ने ति कर्मचारीले बताए । आक्रामक बजारीकरण गरिरहेको एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहक र ऋणीलाई अत्यधिक दुःख दिन थालेको धेरैले गुनासो गरेका छन्

उक्त बैंकले पछिल्लो समय ग्राहकलाई धम्क्याउने, थर्काउने र मौका नै नदिई घरजग्गा लिलामी गरिदिने गरेको थियो । त्यतिमात्र होइन बैंकका कर्मचारीको मिलेमतोमा नजिककाहरूलाई सस्तोमा मिलाइदिनकै लागि ऋणीलाई मौका नै नदिई घरजग्गा लिलाम गरिदिने गरेको आरोप समेत ऋणीले लगाउने गरेका छन् । बैंकले पछिल्लो समय अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ ।