गण्डकीमा  दीपक मनाङ्गे बने मन्त्री, सपथको तयारी

गण्डकीमा  दीपक मनाङ्गे बने मन्त्री, सपथको तयारी

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको उनको सचिवालय स्रोतले जनाएको छ। मनाङेको सपथ ४ बजे हुने भनिए पनि केही ढिला भएको छ।

प्रदेशमा अविश्वासको प्रस्ताव खेपिरहेका मुख्यमन्त्री गुरुङले अचानक मनाङलेलाई मन्त्री बनाएका हुन्। स्वतन्त्र सांसद मनाङेले केही दिनअघि प्रदेशसभामा सत्ता पक्षभन्दा छुट्टै सीट मागेका थिए।