सोमबार यस्तो छ बिदेशी मुद्राको भाउ

काठमाण्डौँ : सोमबार सबै बिदेशी मुद्राको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको ११३ रुपैया ८८ पैसा र बिक्रीदर ११४ रुपैया ४८ पैसा तोकेको छ । हिजो आईतबार १ अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । हिजो एकको ३० रुपैया ३५ पैसा र बिक्रीदर ३० रुपैया ५१ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । आईतबार एकको खरीदार ३१ रुपैया २८ पैसा र बिक्रीदर ३१ रुपैया ४४ पैसा रहेको थियो ।

सोमबार मलेसियन रिंगिट एकको खरीदार २७ रुपैया ५४ पैसा र बिक्रीदर २७ रुपैया ६४ पैसा तोकेको छ । हिजो मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा थियो ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो एकको खरिददर ३७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा रहेको थियो । सोमबार बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो १ को खरीदार ३०२ रुपैया ०२ पैसा र बिक्रीदर ३०३ रुपैया ६१ पैसा रहेको थियो ।