समानान्तर कमिटी बनाउँदै हिड्नेलाई पनि सकभर सम्झाउने प्रयास गरेको छुः प्रधानमन्त्री

समानान्तर कमिटी बनाउँदै हिड्नेलाई पनि सकभर सम्झाउने प्रयास गरेको छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा थप क्षति हुन नदिन पहल गरिरहेको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद सुरु गरेको भोलिपल्ट पुरानो पार्टी कार्यालय बल्खुमा नयाँ भवन शिलान्यास कार्यक्रमलाई बिहीबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अषन्तुष्टहरुलाई सम्झाउने बुझाउने काम गरिरहेको बताए । 

‘समानान्तर कमिटी बनाउँदै हिड्नेलाई पनि सकभर सम्झाउने बुझाउने प्रयास भएको छ,’ उनले भने, ‘व्यक्तिगत तवरमा कुरा हुन सक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ । मेरो गुट भनेर भागबण्डा गर्ने अब चल्दैन ।’

प्रधानमन्त्री ओलीले गुटसँग सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने ‘पार्टीमा जे पनि गर्न पाइने, अराजकता निम्त्याउने, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । पार्टी विरोधी र गुटका गतिविधिलाई मान्यता दिँदैनौं ।’

प्रधानमन्त्री ओलीले ‘फ्लोर क्रस’ गरेर गर्व गर्ने प्रवृत्ति इतिहासमा कहिल्यै नभएको बताउँदै एमालेमाथि र व्यक्तिगतरुमा आफूविरुद्ध निर्मम प्रहार भएको बताए ।