नेपालसँगकाे वार्तालगत्तै प्रचण्डलाई ओलीकाे फोन, भने-'जे भयो भयो, अब मिलेर अघि बढौं'

नेपालसँगकाे वार्तालगत्तै प्रचण्डलाई ओलीकाे फोन, भने-'जे भयो भयो, अब मिलेर अघि बढौं'

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बुधबार साँझ माधव नेपालसँगको वार्तालगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेरको खुलासा भएको छ । फोनवार्तामा ओलीले प्रचण्डलाई मिलेर अघि बढ्न प्रस्ताव गरेका छन्। ओली निकट एक उच्च स्रोतका अनुसार बुधबार साँझ टेलिफोन गर्दै ओलीले प्रचण्डलाई फकाउन अधिकतम प्रयास गरेका थिए । 

ओलीले प्रचण्डलाई 'जे नहुनु पर्ने थियो त्यो भयो। तपाईंले मलाई भित्तामा पुर्याउने कोशिस गर्नुभयो। अब जे भयो भयो। मिलेर अघि बढौं’ भनेका थिए । तर प्रचण्डले ओलीको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए। स्रोतका अनुसार प्रचण्डले ओलीलाई भनेका थिए,‘ यो सबै बिग्रहको नेतृत्व तपाईंले गर्नु भएको हो। तपाईंको कुन विश्वासको मिल्ने ? त्यस्तो आश नगर्नुहोस् अब। तपाईसँग मिल्ने सम्भावना छैन।’

प्रचण्डले अलग भएपछि ओलीले आफूलाई दुई पटक सम्म फोन गरेको तर राम्ररी कुरा हुन नपाएको सार्वजनिक रुपमा गुनासो गर्दै आएका थिए। विवादका कारण फुटको संघारमा पुगेको नेकपालाई फागुन २३ गते सर्वोच्च अदालतले भंग गरेपछि ओली र प्रचण्डको राजनीतिक बाटो बदलिएको थियो।

बुधबार साँझ नेता नेपालसँगको वार्तामा पनि ओलीले वार्ताबाटै विवाद समाधान गरेर अगाडि बढ्न आग्रह गरेका थिए । तर नेपालले जेठ दुई मै फर्किएमा मिलेर अघि बढ्न सक्ने प्रस्ताव ओलीलाई गरेका थिए। स्रोतका अनुसार ओलीले त्यसमा कुनै प्रतिक्रिया जनाएनन्। उनीहरुबीच आज पनि भेट्ने सहमति भएपनि समय निश्चित नभएको स्रोतले बतायो ।