ओली– नेपालबीच भेटवार्ता, भयो यस्तो सहमति

ओली– नेपालबीच भेटवार्ता, भयो यस्तो सहमति

काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राजधानीको मेरियट होटलमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

माधव नेपाल पक्षका प्रभावशाली युवा नेता योगेश भट्टराईले बुधवार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर छलफलबाटै पार्टी एकता जोगाउन आग्रह गरेका थिए । योगेशकै आग्रहपछि ओली नेपाललाई भेट्न तयनर भएको बताइन्छ । यसअघि ओली नेपालबीच पछिल्लोपटक गत चैत्र २ गते धुम्बाराहीस्थित पार्टी कार्यालयमा ओली र नेपालबीच भेटवार्ता भएको थियो ।

माधव नेपाल पक्षका २७ जना सांसदहरूलाई कारवाहीका लागि स्पष्टीकरण सोधिएको भोलिपल्टै ओली र नेपालबीच भएको भेटवार्ता भएको हो । भेटमा ओली र नेपाल पार्टीएकता जोगाउन वार्ताको माध्यमबाट विवाद समाधन गर्न सहमति भएको स्रोतको दाबी छ ।