कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवले पाएका छन्। वुढानिलकण्ठमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले निर्वाचन समिति संयोजकको जिम्मेवारी यादवलाई दिने सहमति गरेको हो।

यस अघि संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि उक्त स्थान खाली थियो। बैठकले समायोजनको टुंगो लगाउन पनि समितिलाई निर्देशन दिएको छ।

बैठकमा सहभागि एक नेताका अनुसार नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल चलेको थियो।

धेरै पढिएको

छुटाउनुभयो कि ?