प्रधानमन्त्रीको कारण प्रदेश–प्रदेशमा यसरी लाग्दैछ राजनीतिक डढेलो

प्रधानमन्त्रीको कारण प्रदेश–प्रदेशमा यसरी लाग्दैछ राजनीतिक डढेलो

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको मनमा आफूपछि यो देशमा कम्युनिष्ट पार्टीको अर्को प्रधानमन्त्री कोही पनि नहोस् भन्ने भावना विकसित हुँदा त्यसले प्रदेश–प्रदेशमा डढेलो लाग्दैछ ।

सात प्रदेशमध्ये गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबभन्दा बलियो मानिन्थे । तर, त्यहीँ एमालेको सरकार धरापमा परेको छ ।  गण्डकी र लुम्बिनी प्रदेश सरकारमाथि अविश्वासको प्रस्तावद्वारा हमला भएलगत्तै अब यो आगो बागमति र प्रदेश १ मा पनि सल्किँदै छ ।

बागमतिमा कांग्रेस र माओवादी मिलेर अविश्वासको प्रस्ताव दर्ता गरे भने सरकार खतरामा रहन्छ । किनभने, त्यहाँ कांग्रेस २२, माओवादी २२ छन् । अविश्वासको प्रस्ताव पारित हुन चाहिने मत ५६ हो । ८ मत साना दलको छ । त्यसमध्ये नेमकिपाको २ मत ओली पक्षलाई जान्छ । बाँकी ६ मत विरुद्धमा जान सक्छ । यसरी ४४ र ६ गर्दा ५० हुन्छ र बाँकी ६ जना एमालेले फ्लोर क्रस गरिदियो भने त्यहाँ अर्को खतरा छ ।