माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, के गर्यो निर्णय ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, के गर्यो निर्णय ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइए पनि त्यस्तो निर्णय भने हुन सकेन ।

पार्टी कार्यलय पेरिसडाँडामा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय नगरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘आज निर्णय भएन, तर पनि सरकारलाई हाम्रो समर्थन रहेको छैन । यसबारे भोलिको बैठकमा छलफल हुन्छ ।’

श्रेष्ठले कांग्रेससहितका दलहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव राख्ने दाबी गरे । माओवादी केन्द्रको अर्को बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।