काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई स्पष्टीकरण सोधिएपछि नेपाल समूह छलफलमा जुटेको छ ।
नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडाको नाम छ । यस्तै जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधिएको छ ।
एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोपसहित अन्तिम चेतावनीसहितको स्पस्टीकरण सोधेको हो । नेपाल समूह भने आन्तरिक रणनीति तय गर्न बानेश्वरको अर्याल होटल छलफलमा रहेको छ ।