मन्त्रिपरिषद्को बैठक बस्दै, बन्द होला विद्यालय ?

मन्त्रिपरिषद्को बैठक बस्दै, बन्द होला विद्यालय  ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को बैठक ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो। कोरोना संक्रमणदर बढेकोले विद्यालय बन्द गर्ने निर्णय आजको बैठकले गर्न सक्ने स्रोतले बतायो । 

बैठकका लागि मन्त्रीहरु बालुवाटार पुग्न थालिसकेका छन्। बैठकमा कोरोना संक्रमण रोकथाममा लागि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। त्यसैगरी प्रधानमन्त्री ओलीले राजनीतिक कदमहरुसमेत चाल्न सक्ने अनुमान गरिएको छ।

आजै दिउँसो १ बजे ओलीले बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक डाकेका छन्। बैठकले एमालेलाई असहयोग गर्ने नेताहरुलाई कारबाही गर्ने तयारी गरेको छ।