काठमाडाैं । रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्।
नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई आजै राष्ट्रिय सभा सदस्यबाट हटाइएको थियो। राष्ट्रिय सभा सदस्य हटेसँगै स्वतस् गृहमन्त्री पद पनि हटेको थियो। तर प्रधानमन्त्री ओलीले फेरि गृहमन्त्रीमा बादललाई नै निरन्तरता दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्री थापालाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्। बादल नेकपा एमालेका केन्द्रीय सदस्य छन्। उनलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय सदस्य बनाएका थिए।
दल त्याग गरेको भन्दै माओवादीले उनलाई राष्ट्रिय सभा सदस्यबाट हटाउने निर्णय गरेको थियो। ०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र बागमती प्रदेशबाट बादल राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।