सरकारलाई दिएको समर्थन फिर्ता लिने भयो माओवादीले, बोलायो स्थायी कमिटी बैठक

सरकारलाई दिएको समर्थन फिर्ता लिने भयो माओवादीले, बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  बैठकले केपी अ‍ोली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने उनले बताए ।

भोलिको बैठकमा नयाँ सरकार बन्ने भए पनि नभए पनि यो सरकारलाई समर्थन नरहेको जानकारी गराउने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ । पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन पटकपटक आग्रह गर्दै आइरहेका थिए ।