काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल'ले दल त्याग गरेको सूचना नेकपा (माओवादी केन्द्र)ले संसद् सचिवालयलाई दिएपछि थापाको सांसद पद गएको छ । माओवादी केन्द्रले पठाएको पत्र राष्ट्रिय सभा अध्यक्षको स्वीकृतिमा संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले सूचना पत्रमा प्रकाशित गरेपछि बादलको सांसद पद रिक्त भएको हो ।
राष्ट्रिय सभा अधिवेशन कायम नरहेकाले सूचना पत्रमा प्रकाशित गरिएको हो । अन्यथा सभामा अध्यक्षले पढेर सुनाएपछि पद रिक्त हुने कानूनी व्यवस्था थियो ।
सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।