पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो लिटरको ?

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो लिटरको ?

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ पुगेको छ।

निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बृद्धि गरी ७६ रुपैयाँ प्रतिलिटर पुयाएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ।

यसअघि निगमले बैशाख ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले चैत ३ गते, फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।