काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे गोप्य सहमति भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीका सल्लाकारले मुख खोलेका छन् । २०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा मध्यराति ३ घण्टा छलफल भएको थियो ।
सो भेटमा ओली र गोयलबीच ४ बुँदे सहमति भएको खुलेको सार्वजनिक भएको थियो । सहमति पत्रमा लेखिएअनुसार ओली र गोयलबीच नेपाल र भारतको सीमा विवादबारे ओलीले अन्य कदम नचाल्नेदेखि अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन मोदीले सघाउनेसम्मको विषय उल्लेख छ ।
तर प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री रहसँगलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने खेलबाडप्रति सचेत हुन सबैमा आग्रह पनि गरेका छन् ।
ुभारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। विदेश मामिला जस्तो संवेदनशिल विषयमा गरिने यस्ता खेलवाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछुु । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।
यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि राजनीतिक अन्तरसंघर्षमा राष्ट्रलाई बदनाम गराउने षड्यन्त्रपूर्ण खेल कसैले पनि खेल्न नहुने भन्दै त्यस्तो षडयन्त्रलाई प्रोत्साहित नगर्न पनि आग्रह गरेका छन् ।