सरकार र जसपाबीच भयो यस्तो सहमति, रेशम चौधरी हुने भए रिहा !

सरकार र जसपाबीच भयो यस्तो सहमति, रेशम चौधरी हुने भए रिहा !

काठमाडौं । सरकार जनता समाजवादी पार्टीका सबै माग पूरा गर्न सहमत भएको छ । बिहीबार सरकार र जसपाले गठन गरेको कार्यदलबीच भएको बैठकमा जसपाले उठाएका माग तत्काल पूरा गर्ने सहमति जुटेको हो ।

सरकारले मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र सांसद रेशम चौधरीसहित अन्य बन्दीहरुलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको लक्ष्मणलाल कर्णले जानकारी दिए । गृहमन्त्रालयले सबै जिल्लामा रहेका आफ्ना कार्यकर्ताहरुलाई रिहा गर्न निर्देशन दिने उनले बताए । 

जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा फाइल बुझाएको थियो । उनले सरकारलाई समर्थन गर्ने विषयमा अहिले नै निर्णय नभएको बताएका छन् । नेता कर्णले प्रधानमन्त्रीले पटकपटक सरकारलाई समर्थन गर्न आग्रह गरेपनि पार्टीभित्र छलफल नभएको बताए ।