देउवा, भट्टराई र यादवबीच बूढानीलकण्ठमा भेटवार्ता, के भयो कुराकानी ?

देउवा, भट्टराई र यादवबीच बूढानीलकण्ठमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मंगलबार भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा सत्ता समीकरणमा विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

यसअघि शुक्रबार देउवाले काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । जसमा देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव राखेका थिए । 

देउवाको प्रस्तावको माओवादीले स्वागत गरे पनि जसपाले निर्णयमा पुग्न समय मागेको थियो । जसपाको पदाधिकारी बैठकमा छलफल गरेर बाबुराम र उपेन्द्रले देउवासँग संवादमा जुटेका हुन् ।

देउवासँगको भेटमा भट्टराईले जसपालाई सरकारको नेतृत्व स्वीकारेर अघि बढ्न आग्रह गरेको स्रोतको भनाई छ ।