उपप्रधानमन्त्री पोखरेलले आज देशवासीका नाममा सम्बोधन गर्ने

उपप्रधानमन्त्री पोखरेलले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सीसीएमसी संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सरकारका तर्फबाट सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई जनस्वास्थ्यका मापदण्डको पालनाबारे अपील गर्ने भएका हुन् ।

नेपालसहित विश्वभर कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्दैछ। मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशबासीलाई अपील गर्न लागेको हो ।

हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपील गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।