कोरोनाको जोखिम बढेको भन्दै मन्त्रिपरिषद् बैठकले गर्याे यस्ताे निर्णय

कोरोनाको जोखिम बढेको भन्दै  मन्त्रिपरिषद् बैठकले गर्याे यस्ताे निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भएपनि सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । संक्रमण बढ्दै जाँदा लकडाउन हुने हो कि भन्ने त्रास सर्वत्र बढिरहेको बेला मन्त्रिपरिषद् बैठकले तत्काल लकडाउन, सटडाउन केही पनि नगर्ने निर्णय गरेको हो।

बरु सोमबार राति बसेको बैठकले स्वास्थ्य जोखिम निम्त्याएको निष्कर्ष निकाल्दै जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । यसअघि सपीसीएमसी बैठकले विद्यालयलगायतका केही क्षेत्र बन्द गर्ने निर्णय गर्दै मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो । 

सो सिफारिसमाथि छलफल हुँदा तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय भएको बरु जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । सरकारले सम्भवतः मंगलबार जनस्वास्थ्यको नयाँ मापदण्ड जारी गर्नेछ ।