प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेसलाई जसपाको आग्रह, शीर्ष नेताहरू छलफलमा

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेसलाई जसपाको आग्रह, शीर्ष नेताहरू छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर गठबन्धनको सरकार बनाउने कांग्रेसको प्रस्तावपछि जनता समाजवादी पार्टी जसपाको नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। सत्ता सहकार्यको विषयमा निर्णय लिनका लागि जसपाको नेताहरू छलफलमा जुटेका हुन्। 

छलफलमा संघीय परिषद् सदस्य डा बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

जसपा संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादव ओली सरकारलाई हटाएर कांग्रेस माओवादी र जसपाको गठबन्धनको सरकार बनाएर देशलाई निकास दिनुपर्ने पक्षमा छन्। यता, अर्को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन्। यसबारे आजको बैठकले ठोस निर्णय लिने बताइएको छ । 

कांग्रेसले शुक्रबार माओवादी र जसपालाई बोलाएर आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने प्रस्ताव गरेको थियो। कांग्रेसको प्रस्तावमा माओवादीले सहमति जनाएको भए पनि जसपाले पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएको थियो। कांग्रेसको पनि आजै पदाधिकारी बैठक बसेको छ। सो बैठक अगाडि जसपाले अविश्वासको प्रस्ताव नल्याउनेभए आफूहरुले ल्याउने प्रस्तावमा सार्थन गर्न आग्रह गरेको थियो ।