मन्त्री बनेको १० दिनपछि सांसद पद खोसियो यी मन्त्रीको

मन्त्री बनेको १० दिनपछि सांसद पद खोसियो यी मन्त्रीको

काठमाडाैं । नेकपा (एमाले) मा प्रवेश गरेर प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका मओवादी केन्द्रका प्रदेश सांसद टंक आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई सो पार्टीले पदमुक्त गरेको छ । मन्त्री बनेको १० दिनपछि आङबुहाङको सांसद पद खोसिने भएको हो ।

माओवादी केन्द्रले पार्टीको हितविपरीत अर्कै पार्टीमा प्रवेश गरी मन्त्री बनेको र २४ घण्टे स्पष्टीकरणको जवाफसमेत नदिएको भन्दै आङ्बुहाङलाई सांसद पदबाट मुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गराएको हो ।

निर्वाचित दलको निर्णय र अनुमतिबिना अरु नै दलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै १६ चैतमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आङ्बुहाङलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आङ्बुहाङलाई १७ चैतमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले २४ घण्टाभित्रमा स्पष्टीकरण पेश गर्न निर्देशन जारी गरेका थिए ।

तर, मन्त्री आङ्बुहाङले स्पष्टीकरणको जवाफ पेश नगरेकाले उनलाई आफ्नो पार्टीले सांसद पदबाट मुक्त गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गरिएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।