संसद् बैठक भोलि बस्दै, प्रधानमन्त्रीले पेश गर्दैछन् यस्तो प्रतिवेदन

संसद् बैठक भोलि बस्दै, प्रधानमन्त्रीले पेश गर्दैछन् यस्तो प्रतिवेदन

काठमाडौं । सोमबार बस्‍ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसदको महासचिव डा भरतराज गौतमले सोमबार बस्ने बैठकको कार्यसूची सार्वजनिक गरेका हुन्।

कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्। सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्नेछन्।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्नेछन्।