काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी छिन् । समसामयीक विषयमा छलफलका लागि भन्दै आज दिउँसो तीन बजे उनी डल्लु पुगेकी थिइन् ।
भेटमा खनाललाई राष्ट्रपतिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्नका निम्ति ‘लविङ’ गरेको स्रोतको दाबी छ । साथै उनले जारी पार्टी विवाद छलफलका माध्यमबाट समाधान गर्न दवाव दिएको बताइन्छ ।
हाल खनाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल ओलीसँग वारपारको लडाईँमा छन्। उनीहरुले ओलीविरुद्ध देशभर समानान्तर कमिटी गठन गरिरहेका छन् ।