मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारमा अहिले मन्त्रिपरिषद्को जारी रहेको स्रोतले बताएको छ ।

शुक्रबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री ओलीले आकस्मिक बैठक केका लागि बोलाएका हुन् भन्ने खुलेको छैन ।
सरकार फेरबदल हुने चर्चा चलिरहेको बेला जनता समाजवादी पार्टीको एक समूहसंग प्रधनमन्त्री ओलीले सरकारलाई सघाउन आग्रह गरेका छन् । जसपाका नेताहरूले भने विभिन्न माग राखेर उधारो सम्झौता नगर्ने बताएका छन् ।

बैठकमा जसपाका मागबारे छलफल हुनसक्ने आंकलन गरिएको छ ।