सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादीले गर्यो यस्तो निर्णय

सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादीले गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन लिनेबारे आजको स्थायी कमिटी बैठकमा छलफल गरेको छ । बैठकले शनिबार या आइतबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र लेख्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारलाई दिएको समर्थनबारे एक दुई दिनभित्र स्थायी कमिटीको बैठक बसेर निर्णय लिने उनले बताए । ‘यो सरकारलाई हाम्रो समर्थन छैन् । प्राविधिक रुपमा यो सरकारलाई पत्र लेख्न मात्रै बाँकी रहेको छ । सबै राजनीतिक पार्टीहरुलाई हामीले प्रष्टसँग कुरा राख्न भनिरहेका छौं’, उनले भने ।

उपाध्यक्ष श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने छुट सबै राजनीतिक दलहरुलाई रहेकोसमेत स्पष्ट पारेका छन् ।